बुधबार, चैत्र १३, २०८१

अमेरिकाबाट चार्टर विमानमा ल्याइयो १० आप्रवासी नेपाली, प्रहरीले सोधपुछ गर्ने


गणेश विक


काठमाडौं । कागजात विहीन १० जना नेपाली नागरिकलाई लिएर अमेरिकी चार्टर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

बुधबार बिहान १० बजे विमानास्थलमा अवतरण गरेको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका उनीहरूलाई स्वदेश फर्काइएको हो ।

अमेरिकी प्रशासनले आफ्नो विशेष विमानमार्फत उनीहरूलाई फिर्ता पठाएको हो ।

अमेरिकामा लुकिछिपी बस्दै आएका नेपालीको संख्या हजारभन्दा बढी भएको बुझिएको छ ।

कागजात विहीन त्यस्ता नेपालीलाई पहिलोपटक विमान चार्टर गरी ल्याइएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी विदेशी नागरिक निकाल्ने अभियानलाई तीव्रता दिएका छन् ।

नेपाल ल्याइएको त्यस्ता व्यक्तिहरूलाई प्रहरीले सोधपुछ गर्ने भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत