काठमाण्डौँ । यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु भएपछि सम्बन्धित युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको गुजरात राज्यको नवसारीमा प्रहरीले २६ वर्षीय युवकलाई ‘मनसायरहित’ हत्याको आरोपमा पक्राउ गरेको हो ।
ती युवकले यौन सम्पर्कपछि अत्यधिक रक्तस्रावका बाबजुद युवतीलाई उपचारका लागि समयमै अस्पताल नलगेको प्रहरीको दाबी छ ।
आरोपितले प्रमाण नष्ट गरेकोबारे पनि प्रहरीले अनुसन्धान थालेको छ ।
प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ ।
नवसारी जिल्लाको जलालपुर निवासी युवकले एक परिचित युवतीसँग यौन सम्पर्क गरेको र रक्तस्राव भएर युवती सिकिस्त हुँदा पनि एम्बुलेन्स बोलाएर अस्पताल लैजानुपर्नेमा अनलाइनबाट औषधि मगाउन खोजेको प्रहरीको भनाइ छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ