सोमवार, कार्तिक २४, २०८२

प्रतिनिधिसभा बैठक सुरु


गणेश विक


काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

बुधबारको बैठकमा सरकारले यसअघि संसदमा पेस गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि पेस गर्ने कार्यतालिका छ ।

सरकारले आज यसअघि जारी गरिएको भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस गर्ने भएको हो ।

सरकारमा रहेका सत्तारूढ दलहरूबिच सोमबार साँझ भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य अध्यादेश स्वीकृति गराउने सहमति भएबमोजिम संसदमा आज यी अध्यादेशहरू स्वीकृतिका लागि पेस हुने भएका हुन् ।

अहिले आकस्मिक समयमा सांसदहरूले आआफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । त्यसपछि शून्य समय प्रारम्भ हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत