मङ्लबार, चैत्र ४, २०८१

भारतसँग हारेपछि स्मिथले लिए एकदिवसीय क्रिकेटबाट सन्यास


गणेश विक


काठमाडौँ । आइसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाको सेमिफाइनल हारपछि स्टिभन स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । स्मिथ टेस्ट र टी-२० क्रिकेट भने खेलिरहने भएका छन् ।

३५ वर्षीय स्मिथले भारतसँगको हारपछि आफ्ना टोलीका साथीहरूलाई आफुले एकदिवसीय क्रिकेट नखेल्ने जानकारी गराएका थिए ।

नियमित कप्तान प्याट कमिन्सको अनुपस्थितिमा च्याम्पियन्स ट्रफीमा स्मिथले अस्ट्रेलियन टिमको कप्तानी समेत गरेका थिए । सन्यास लिएसँगै अब स्मिथ २०२७ को विश्वकपको लागि अस्ट्रेलियाको टोलीको हिस्सा हुनेछैनन् ।

स्मिथले भनेका छन्- ‘यो एक उत्कृष्ट यात्रा भएको छ र मैले यसको प्रत्येक मिनेट मन पराएको छु । धेरै अद्भुत समय र अद्भुत सम्झनाहरू भएका छन् ।

यात्रा साझा गर्ने धेरै उत्कृष्ट टोलीका साथीहरूसँग दुई विश्वकप जित्नु एक उत्कृष्ट आकर्षण थियो ।

अब खेलाडीहरूका लागि २०२७ को विश्वकपको लागि तयारी सुरु गर्ने एक उत्कृष्ट अवसर हो, त्यसैले यो बाटो बनाउने सही समय हो ।’

उनले अगाडी भनेका छन्- ‘टेस्ट क्रिकेट प्राथमिकतामा रहन्छ र म साँच्चै विश्व टेस्ट च्याम्पियनशिप फाइनल, वेस्ट इन्डिज र त्यसपछि घरमा इङ्गल्याण्डविरुद्ध खेल्न प्रतिक्षामा छु ।

मलाई लाग्छ कि मसँग अझै पनि त्यो चरणमा योगदान गर्न धेरै छ ।’

स्मिथ अस्ट्रेलियाका सफल खेलाडी मध्ये एक हुन् ।

उनले १७० एकदिवसीय खेल खेल्दै १२ शतक र ३५ अर्धशतकसहित ५८ सय रन बनाएका छन् ।

त्यस्तै उनले एकदिवसीय क्रिकेटमा २८ विकेट समेत लिएका छन् ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत