काठमाडौं । प्रायः जसो मानिसहरू शुक्रबारलाई गुड फ्राइडेको रुपमा मान्छन्।
शनिबार विदा हुने भएकाले खानपिन गर्ने र मज्जाले सुत्न पाइने हुनाले पनि नेपालमा शुक्रबारको अझ ठूलो अर्थ छ ।
काठमाडौंका ठुला मेडिकल हल र कण्डम हाउसहरुमा अरु दिनको तुलनामा शुक्रबार कण्डमको बिक्री झण्डै दोब्बर हुने गरेकोले पनि शुक्रबार अधिकांश दम्पती र युवायुवतीले यौन सम्पर्क गर्ने गरेको तथ्यले देखाउछ ।
शुक्रबार हप्ताको अन्तिम दिन र भोली पल्ट बिदा हुने भएकाले दम्पती र युवायुवती शुक्रबार यौन सम्पर्क गर्ने भएकाले कण्डमको बिक्री दोब्बर हुने गरेको मेडिकल हल र कण्डम हाउस सञ्चालक बताउछन् ।
राजधानीका अधिकांश होटेल, लज, गेष्टहाउस, भिलेज रिसोट पनि अरु दिनको तुलनामा शुक्रबार भरिभराउन हुने कारण मध्ये यौन सम्पर्क पनि प्रमुख कारण भएको होटेल, सिसोर्ट र लज सञ्चालकको अनुमान छ । कण्डमका साथै होटेल र रेष्टुराहरुमा मदिराको बिक्री पनि शुक्रबार बढी हुने गरेको पाइन्छ ।
काठमाडौंमा हरेक दिन कति कण्डम खपत हुन्छ ?
यसको वास्तविक तथ्यांक कसैसँग नभए पनि दैनिक ६० हजार हाराहारी खपत हुने अनुमान स्वास्थ्य मन्त्रालय, राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको छ । तर शुक्रबार भने झण्डै एक लाखसम्म कण्डम बिक्री हुने गरेको मेडिकल सञ्चालकको दावी छ ।
जाडो मौषममा अझ बढी कण्डम बिक्री हुन्छ । अरु दिन दैनिक २०० कण्डम बिक्री हुन्छ । शुक्रबार ४०० सम्म हुन्छ ।’ जाडोमा रुई, फुई र दुई भन्ने त हाम्रो समाजमा उखान नै छ । गर्मी मौषमको तुलनामा जाडोमा यौन सम्पर्क बढी हुनु स्वभाविक रहेको छ।
महिला कण्डम प्रयोग गर्न किन रुचाउँदैनन् ? जान्नुस् मुख्य कारण
कण्डम भन्ने शब्द सुन्दा धेरैलाई अझैं पनि लाज लाग्छ । प्रायः ग्रामीण भेगमा कण्डमको नाम सुन्न अझैं रुचाउँदैनन् । तर, शहरमा भने यो सामान्य जस्तै बनेको छ । गाउँमा कण्डम लाजको विषय बनि राख्नुको मूल कारण अशिक्षा नै हो ।
रोचक विषय त के छ भने शहरमा प्रायः मानिस शिक्षीत भए पनि कण्डम भने कमैले मात्र प्रयोग गर्ने गरेका तथ्य बेलाबेला सार्वजनिक भइरहेका छन् । अब प्रश्न यो पनि होला, पुरुषले रुचि नराखेर कण्डम प्रयोग गर्ने घटेकी महिलाले ? यो प्रश्नको जवाफ पनि विभिन्न तथ्यहरुले पुष्टि गरेका छन् । तथ्यहरु भन्छन्,- महिलाहरुले रुचि नराख्दा कण्डम प्रयोग गर्नेको संख्या घट्दो छ ! खासमा महिलाहरुले किन कण्डम लगाएर यौन सम्पर्क रुचाउँदैनन् ? यो प्रश्नको जवाफ यस्तो छ-
मुख्य यी कारणले नै धेरै जसो महिलाहरु कण्डम प्रयोग गर्न रुचि दिदैनन् । हुनत पुरुषहरु पनि कम छैनन् । उनीहरु पनि कण्डम प्रयोग गरिरहन आवश्यक ठान्दैनन् । यसले गर्दा खतरा हुन्छ । असुरक्षित यौन सम्पर्कले दुवैलाई घाटा पुर्याउँछ । कण्डम प्रयोग नगरेरै याैन सम्पर्क गर्दा रोग लाग्न सक्ने भय त छदैछ बच्चा बस्ने खतरा पनि उत्तिकै हुन्छ । यसकारण यसको महत्व बझेर प्रयोगमा ध्यान दिए राम्रो होला कि ?
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ