आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • दक्षिण कोरियाली लडाकु विमानले गल्तिले ८ बम खसाल्यो, ७ जना घाइते

दक्षिण कोरियाली लडाकु विमानले गल्तिले ८ बम खसाल्यो, ७ जना घाइते


गणेश विक


काठमाडौँ । दक्षिण कोरियाली वायुसेनाले सैन्य अभ्यासका क्रममा एउटा लडाकु विमानले गल्तिले सर्वसाधारणमाथि आठ बम खसालेको बताएको छ । घटनामा सात जना घाइते भएका छन्, जसमध्ये चार जना गम्भीर घाइते छन्।

दक्षिण कोरियाली वायुसेना केएफ-१६ विमानसँग सम्बन्धित घटना स्थानीय समय अनुसार बिहान उत्तर कोरियाली सीमा नजिकैको पोचियोन शहरमा भएको थियो । गल्तीले खसालिएका आठ बममध्ये एउटा मात्र बम विस्फोट भएको बिबिसीले उल्लेख गरेको छ ।

पोचियानका अधिकारीहरूले बम डिस्पोजल टोलीले अन्य सात बमहरूलाई सुरक्षित रूपमा नष्ट गर्न काम गरिरहेको बताएका छन् । बम खसेको क्षेत्र वरपर बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा लगिएको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यस घटनामा दुई जनाको घाँटी र काँधमा भाँचिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत