शनिबार, चैत्र ९, २०८१

सांसद डा. सिंहले मागे स्वास्थ्यमन्त्रीको राजीनामा


गणेश विक


काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा जुनियरलाई बढुवा गरिएको भन्दै आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले संगिता मिश्र मधेशी भएकै कारण अन्याय गरिएको आरोप लगाउदै सचिव नियुक्त गर्दा संविधान च्यात्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

सांसद सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा समेत माग गरेका छन् । उनले भने,‘संगिता मिश्र व्यक्तिसँग मेरो केही चिनजान छैन् ।

संगिता मिश्र मधेशी समूदायको एउटा आस्थाको केन्द्र थियो, महिलाहरुको आस्थाको केन्द्रको प्रतिक थियो ।

जसरी कुलमानजीलाई बारम्बार जनजाति भनेर होच्याउने काम भैराखेको छ, त्योपनि नागरिक समाजको विश्वासको प्रतिक हो ।

सरकारप्रति विश्वास कसैको छैन् । सरकार आँफै जनतामा गएर बुझे हुन्छ ।’

संगिता मिश्र मधेशी भएकै कारण अन्यायमा परेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल स्वास्थ्यमन्त्री पौडेललाई बर्खास्त गर्न सुझाव दिए ।

उनले भने,‘स्वास्थ्यमन्त्री त मैले पढाएको विद्यार्थी हो, तर उहाँले भन्नुभएको छ कि यो मन्त्रालयमा कोही मधेशी रहँदैन भन्नुभएको छ, कुनै जनजाति र दलित हुँदैन भन्नुभएको छ ।’
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत