बुधबार, चैत्र ५, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • स्पेसएक्सको अहिलेसम्मकै ठुलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

स्पेसएक्सको अहिलेसम्मकै ठुलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल


गणेश विक


काठमाडौँ । अर्बपति व्यापारी तथा अहिले ट्रम्प प्रशासनका सदस्य एलन मस्कको स्वामित्वमा रहेको कम्पनी स्पेसएक्सको रकेट बिहीबार टेक्सासबाट प्रक्षेपण भएको केही समयपछि नै विस्फोट भएको छ ।

यसका कारण केही विमानस्थलहरूमा उडानहरू रद्द गरिएको थियो र अन्तरिक्षयानको भग्नावशेष खस्ने बारे चेतावनी जारी गरिएको थियो ।

स्पेसएक्सले उनीहरूको चालकविहीन अन्तरिक्षयान अन्तरिक्षमा सम्पर्कविहीन भएको बताएको थियो । अहिलेसम्म निर्मित सबैभन्दा ठूलो रकेट स्पेसएक्स स्टारशिप प्रक्षेपण भएको केही समयपछि नै नियन्त्रण बाहिर गएको थियो ।

घाइते वा क्षतिको कुनै रिपोर्ट आएको छैन, तर क्यारिबियन टापु राष्ट्रहरूबाट लिइएका तस्बिरहरूमा आकाशबाट आगोको भग्नावशेष वर्षा भइरहेको देखिएको थियो ।

यो रकेट परीक्षणको आठौं मिसन थियो र यो यसको लगातार दोस्रो असफलता रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत