बिहिबार, चैत्र ६, २०८१

जब एक महिला यात्री उडिरहेको विमानमा न#ग्न भइन्..!


गणेश विक


वासिंटन । अमेरिकाको टेक्सासस्थित ह्युस्टनबाट फिनिक्सतर्फ जाँदै गरेको साउथवेस्ट एयरलान्इसको एउटा विमानमा एक महिलाले आफ्नो कपडा खोलेर भाडभैलाे गरेकी छन् ।

https://www.facebook.com/share/v/19wDfXHYYE

करिब २५ मिनेटसम्म ती महिला नग्न अवस्थामै विमानमा होहल्ला गर्दै बसेको बताइएको छ ।

सोमबार विलियम पी हबी विमानस्थलबाट उडान भरेको केहीबेरमै यस्तो घटना भएको हो । महिलाले आपत्तिजनक व्यवहार प्रदर्शन गरेपछि उक्त विमानलाई फर्काइएको थियो ।

ती महिलालाई ह्युस्टन प्रहरीले नियन्त्रणमा लिएर मेडिकल जाँचका लागि पठाएको थियो ।

साउथवेस्ट एयरलाइन्सले घटनाको बारेमा जानकारी दिन प्रकाशित गरेको विज्ञप्तिमा अन्य यात्रीलाई परेको असुविधाप्रति क्षमा मागेको छ । साथै यात्रीलाई उडान ढिलो भएकोमा ५० डलर क्षतिपूर्तिको प्रस्तावसमेत गरिएको छ ।

समाचार एजेन्सीहरूका अनुसार उडिरहेको विमानमा नग्न भएकी ती महिलाले विमानबाट ओर्लन बारम्बार माग गरिरहेकी थिइन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत