भक्तपुर । मध्यपुर थिमी नगरपालिका-५ दिव्यश्वरी गेष्ट हाउस नजिकबाट अवैध लागूऔषध गाँजा १ किलो ६ सय ३५ ग्राम सहित सिन्धुली सुनकोशी गाउँपालिका-७ घर भई भक्तपुर नयाँ थिमी बस्ने ४३ वर्षीय मोहन राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सुनसरी, भोक्राहा नर्सिङ गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८५ मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ६ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर घर भएका २६ वर्षीय ओमकार तामाङ र काभ्रे धुलिखेल नगरपालिका-९ बस्ने २७ वर्षीय मुन्ना विक रहेका छन् । प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, घोडाघोडी नगरपालिका-१ सुखड बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित बर्दगोरिया गाउँपालिका-१ बौनिया बस्ने २५ वर्षीय रिजन बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-१५ गोबरीया राधाकृष्ण टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने लक्ष्मण आर्याल, भीमदत्त नगरपालिका-१८ बस्ने २५ वर्षीय कमल चन्द र २१ वर्षीय रोशन शाही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले लक्ष्मणको घरबाट उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकी होल्डिङ सेन्टर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-१ बस्ने २१ वर्षीया यशोदा राना र सोही नगरपालिका-३ बस्ने २७ वर्षीय प्रबेश धामी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१२ एयरपोर्ट मोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ मिल्स एरिया बस्ने ३१ वर्षीय जितेन्द्र साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-१० धुलाबारी सृष्टि टोल बस्ने ४५ वर्षीया नाजेरा खातुनलाई अवैध लागूऔषध गाँजा १ किलो १ सय १० ग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएका प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ