बिहिबार, चैत्र ६, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • पूर्वराजालाई स्वागत गर्दा फोहोरमैला गरेको भन्दै महानगरको एक लाख जरिवाना

पूर्वराजालाई स्वागत गर्दा फोहोरमैला गरेको भन्दै महानगरको एक लाख जरिवाना


गणेश विक


काठमाडौँ ।  काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रूपैयाँ जरिवाना गरेको छ ।

आइतबार राप्रपाको अगुवाइमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा महानगर क्षेत्रभित्रका एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्याण्ड र त्यसमा रहेका विरुवाका साथै रेलिङमा भौतिक क्षति र जथाभावी फोहोरमैला गरेको भन्दै महानगरले जरिवाना गरेको हो । 

वातावरण प्रदूषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत