बिहिबार, जेष्ठ २९, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • मधेशमा प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता : कुन-कुन विद्यालय बने विजेता ?

मधेशमा प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता : कुन-कुन विद्यालय बने विजेता ?


गणेश विक


 

मधेश प्रदेशका एक हजार भन्दा बढी सहभागी संस्थागत र सामुदायिक विद्यालयका छात्र-छात्राहरुको प्रदेशस्तरिय  हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । पर्सा देखि सप्तरीसम्मका ५ हजार भन्दा बढी प्रतियोगी सहभागी भएको उक्त प्रतियोगिताको नतिजा आइतबार एक समारोहका विच सार्वजनिक गरिएको हो ।

कनेक्ट एजुकेसन सेन्टर काठमाण्डौले मंसिरको पहिलो हप्तादेखी सुरु गरेको प्रतियोगितामा विजेतालाई  २० हजार नगद पुरुस्कार  र उपविजेतालाई १० हजार नगद पुरुस्कार समेत हस्तान्तरण गरिएको छ । एजुकेसन सेन्टरका निर्देशक विक्रम सिंह धामीका अनुसार प्रतियोगितालाई प्रथम, दोश्रो र तेश्रो तहमा विभाजन गरिएको थियो ।

प्रथम तहमा कक्षा -२ देखि ४ सम्म, दोश्रो तहमा कक्षा-५ देखि ७ सम्म, तेश्रो तहमा कक्षा-८ देखि १० कक्षासम्म विभाजन गरिएको निर्देशक धामीले जानकारी दिए । प्रथम तहको विजेता  ग्लोवल एकेडेमी बर्दिवास र उपविजेता हिमाली स्कुल जनकपुर वनेको छ । ग्लोवल एकेडेमीमा अध्यणरत रिया बम्जन विजेता र हिमाली स्कुलमा अध्यणरत रितिका चौधरी उपविजेता वनेको आयोजक पक्षले जनाएको छ ।

त्यस्तै दोश्रो तहको विजेता साउथ जोन विध्यालय बिरगंजमा अध्यणरत नितेश गौरव  वनेका छन । उपविजेता भने लालीगुरास स्कुल सर्लाहीमा अध्यणरत अनित साहले हात पारेको कनेक्ट एजुकेसन सेन्टरका कार्यक्रम संयोजक देवेन्द्र आचार्यले जानकारी दिए ।

तेस्रो तहको विजेता भने बाराको जितपुर पब्लिक स्कुल वनेको छ । पायल रौनियारको उत्कृष्ट हस्तलेखनले पब्लिक स्कुललाई तेस्रो तहको विजेता वनाएको छ । त्यस्तै अंशु खनालले उपविजेता भने बाल निकेतन चन्द्रपुर रौतहटलाई दिलाएका छन ।

छनोटको अन्तिम चरण सम्बन्धित पालिकामा गरिएको र पालिकावाट उत्कृष्ट वनेका प्रतियोगीहरुलाई चरण-चरणमा जिल्ला हुँदै प्रदेशमा लगिएको आयोजक पक्षले जनाएको छ । विजेता, उपविजेता र सहभागीहरुलाई प्रमाणपत्र, मेडल र नगद हस्तान्तरण गर्दै मधेश प्रदेशका संस्कृति तथा शिक्षा मन्त्री रानी सर्माले कम्प्युटर तथा प्रविधिले विद्यार्थीहरुलाई अल्छी वनाईरहेको वेला हस्तलेखन प्रतियोगिता मधेशमा फरक भएको वताईन ।

यस्ले लेखनमा अभिरुचि जगाउनुको साथै परीक्षा तथा अन्य लेखन क्रियाकलापहरुमा यस्ता प्रतियोगिता उपयोगी सावित वन्ने मन्त्री सर्माको भनाई छ । महोत्तरीको बर्दिवासमा भएको कार्यक्रममा महोत्तरी क्षेत्र क कि प्रदेशसभा सदस्य सारदादेवी थापा, बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत