शनिबार, मंसिर २७, २०८२

राजावादीहरुको प्रदर्शनले केही हल्लाएको छैन : प्रचण्ड


गणेश विक


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुको प्रदर्शनबाट नडराउने बताएका छन् ।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले राजावादीहरुको प्रदर्शनले डराउनुपर्ने आवश्यकता नरहेको टिप्पणी गरेका हुन् । 

‘राजावादीहरुको प्रदर्शनले मुटु हल्लिएको हो ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘प्रदर्शनले केही हल्लाएको छैन, केही भएको छैन । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन ।’

प्रचण्डले राजावादीहरुको गतिविधिको जिम्मा सरकारले लिनुपर्ने बताउदै जनतामाझ सरकारप्रति निकै ठूलो आक्रोश रहेको प्रतिक्रिया दिए ।

साथै उनले राजावादीहरुको गतिबिधिविरुद्ध सडकमा उत्रिने बारेमा आफुहरु छलफलमा रहेको समेत बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत