मङ्लबार, असार २४, २०८२

ट्रम्प आएपछि अमेरिकाको सेयरबजार डामाडोल


कान्तिपथ


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यान्वयनमा ल्याएको करको निर्णयपछि उत्पन्न त्रासले अमेरिकाको शेयर बजारमा ठुलो असर देखिएको छ।

अमेरिकाको सेयर बजारमा अत्यधिक प्रभाव राख्ने नास्डकमा सोमबार चार अंकको गिरावट आएको हो। सन् २०२२ पछि एकै दिन यसरी गिरावट आएको यो पहिलो पटक हो।

टेस्लाको शेयर १५.४ ले घटेको छ। चिप मेकर नभिडियाको सेयर ५ प्रतिशतले घटेको छ। मेटा, अमेजन र अल्फाबेटको शेयरमा पनि नकारात्मक प्रभाव परेको छ।

राजनीतिक विवादको बारेमा सोधिएको प्रश्नमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी राजनीति अहिले सङ्क्रमण कालमा रहेको बताए लगत्तै यसको असर शेयर बजारमा परेको हो।

बिहीबार रेकर्ड गरिएको फक्स न्युजको अन्तरवार्ता आइतबार प्रसारण भएको थियो। उनले अमेरिका लागि धेरै गरिरहेका कारण यो सङ्क्रमण काल भएको बताएका थिए।

सोमबार ह्वाइट हाउसका प्रवक्ता केस देसाइले औद्योगिक नेताले ट्रम्पको करको निर्णय लगायत एजेन्डालाई साथ दिनुपर्ने बताएका छन्।

गत साता शेयर बजार उत्साहित थियो। एक साता अघिसम्म नोभेम्बरमा राष्ट्रपति पदमा ट्रम्प निर्वाचित हुनु अगाडिकै अवस्थामा रहेको शेयर पछिल्ला दिन ओरालो लागेको हो। धरै लगानीकर्ता अहिले विदेशबाट आउने कच्चा पदार्थमा कर लगाउने निर्णयको असरका कारण डराएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत