शनिबार, चैत्र ९, २०८१

विद्यार्थीको नेता छान्ने चुनावको उम्मेदवारी दर्ता आज


कान्तिपथ


स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विद्यार्थी संगठनका उम्मेदवारले उम्मेदवारी दर्ता गराउँदै छन् ।

५ चैतमा हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्न लागिएको हो । उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गराउने कार्यतालिका रहेको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।

दर्ता भएका सबै विद्यार्थी संगठनका उम्मेदवारले सोमबार नै मनोनयन पत्र लगेका थिए । स्ववियु निर्वाचन एकै दिन ५ चैतमा त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने छ । निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत