इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडले वेस्ट ह्याममाथि कठिन जित निकालेको छ ।
लण्डन स्टेडियममा भएको खेलमा न्युक्यासल युनाइटेडले वेस्ट ह्याममाथि १-० गोलअन्तरको कठिन जित निकालेको हो ।
न्युक्यासलको जितमा ब्रुनो गुइमारेसले गरेको गोल नै निर्णायक बन्यो । खेलको ६३औँ मिनेटमा ब्रुनोले गोल गर्दै न्युक्यासल युनाइटेडलाई अग्रता दिलाएका थिए । बाँकी समयमा गोल हुन नसकेपछि खेल न्युक्यासल युनाइटेडले १-० गोलअन्तरले जितेको हो ।
जितसँगै न्युक्यासल युनाइटेड २८ खेलबाट ४७ अंकका साथ लिगको छैटौँ स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्याम भने समान खेलबाट ३३ अंकका साथ लिगको १६औँ स्थानमा छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ