यही ५ चैतमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुँदै छ । त्यसका लागि मंगलबार मनोनयन दर्ताको समय तोकिएको थियो ।
त्यसमध्ये कतिपय क्याम्पसहरूमा निर्विरोध रूपमा स्ववियु नेतृत्व चयन भएको समाचार आइरहेको छ । केही क्याम्पसहरूमा भने टिकट वितरणमा असन्तुष्टि जनाउँ बागी उम्मेदवारी पनि परेको छ ।
मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियुबाट स्ववियु सभापति र सचिवमा बागी उम्मेदवारी परेको छ ।
सभापतिमा कुशल कार्की र सचिवमा रविन सिंह धामीले उम्मेदवारी दिएका छन् । अनेरास्ववियुले भने विशाल रोकालाई स्ववियु सभापतिको उम्मेदवार बनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ