मङ्लबार, चैत्र १२, २०८१

चन्द्रगिरिमा एक युवकको आत्मदाहको प्रयास


गणेश विक


काठमाडौं । काठमाडौंको चन्द्रगिरिमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । स्थानीय उत्तम कार्कीले आफ्नौ घरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।

गएराती १२ बजे फेसबुक लाइभमा आएर आफूले प्रहरी प्रशासनदेखि धेरै व्यक्तिले मानसिक तनाव दिएको उनले बताएका छन् । उनले नाम उल्लेख गर्दै स्थानीय एक युवतीले मानसिक तनाव दिएको आरोप लगाएका छन् । उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिग्रिएको बताएका छन् ।

रातिनै प्रहरीले उनको उद्दार गरि उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको बताएको छ । उनको हात र अनुहार जलेको छ भने बाकी स्वास्थ अवस्था सामान्य रहेको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत