शुक्रबार, साउन २, २०८२

नेपाल बहस डटकमका प्रधानसम्पादक रिजाललाई पितृशोक


गणेश विक


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता, सदाबहार मिडियाद्वारा सञ्चालित नेपालबहस डटकमका अध्यक्ष एवं प्रधानसम्पादक, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा कांग्रेस सूचना संचार तथा प्रचार विभागका सदस्य इन्द्रबहादुर रिजाललाई पितृशोक परेको छ । 

रिजालका पिता डिल्लीराज रिजालको फागुन २९ गते मंगलबार राती ९ बजे निधन भएको हो ।

स्याङजा लिल्लाको विरुवा गाँउपालिकास्थित आफ्नै निवासमा ८१ वर्षको उमेरमा उनको निधन भएको हो । रिजाल लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए ।

लामो समयको उपचारपछि उनलाई चिकित्सकको सल्लाहमा केही दिन अघिमात्र विरुवास्थित निवासमा लगिएको थियो । 

स्वार्गिय रिजालले नेपाली कांग्रेसले चलाएको आन्दोलनमा स्वतन्त्र सेनानीका रुपमा महत्वपूर्ण भूमिका निभाएका थिए ।

उनी साविकको मनकामना गाविसको सदस्यसमेत भएका थिए । उनी कांग्रेसको जिल्लास्तरमा परिचित व्यक्तिका रुपमा थिए भने विभिन्न समाज सेवाका क्षेत्रमा पनि उनले भूमिका निभएका थिए ।

स्वार्गिय रिजालका पत्निसहित एक छोरा र दुई छोरी छन् ।   



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत