मङ्लबार, फाल्गुन ५, २०८२

लागूऔषधमा संलग्न एक होटल सञ्चालकसहित २ जना पक्राउ


गणेश विक


राजेन्द्र महतो,सिरहा। सिरहामा लागूऔषध कारोबारमा संलग्न एक होटल सञ्चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा सिरहा औरही गाउँपालिका–२, बनिनिया टोलकी नगिरा खातुन खातुन र गोलबजार नगरपालिका–७, चोहर्वाका राजन जयसवाल रहेका छ्न।

गोलबजार नगरपालिका–४ स्थित ’हाइवे होटल’ मा शंका लागेर खानतलासी गर्दा ठूलो परिमाणमा खैरो हिरोइन फेला परेको सिरहा प्रहरीले जनाएको छ।

सिरहाको औरही गाउँपालिका–२, बनिनिया टोलकी नगिरा खातुन खातुनको सो होटलमा छापा मार्दा बेसिनमा लुकाइएको १७ वटा कालो प्लास्टिकको पोका बरामद गरिएको प्रहरी प्रवक्ता डीएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उक्त लागूऔषधको तौल प्लास्टिकसहित १.७३० ग्राम रहेको प्रहरीले जनाएको छ। त्यस्तै, सोही होटल बाहिर शंका लागेर चेकजाँच गर्दा गोलबजार नगरपालिका–७, चोहर्वाका १८ वर्षीय राजन जयसवालको साथबाट १५० मिलिग्राम तौल भएको खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको डीएसपी पासवानले बताए।

हाल दुबै जनालाई नियन्त्रणमा लिई सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत