आइतवार, चैत्र १०, २०८१

डिएसपी खरेललाई जागिर छाडेर चुनाव लड्न क्रान्तिकारीको सुझाव


कान्तिपथ


अखिल (क्रान्तिकारी) ले नेपाल प्रहरीका डिएसपी माधव प्रसाद खरेललाई बर्दी खोलेर राजनीति गर्न सुझाव दिएको छ । यहि चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तयारीको क्रममा जिल्लाको एकमात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पस रुकुमकोट, रुकुम (पूर्वी भाग) जिल्ला प्रहरी प्रमुख (डिएसपी) माधव प्रसाद खरेलले स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका प्रतिनिधिसङ्गको छलफलमा प्रवेश गरी आफ्नो पदिय मर्यादाभन्दा बाहिरबाट अमुख राजनितिक पार्टीको सिपाहीका रुपमा प्रस्तुत भएको भन्दै उक्त संगठनले खरेललाई राजनीति नै गर्न सुझाएको हो ।

कान्तिपथसंग बोल्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष सन्दिप पुनले भने, ‘खरेलजीको क्षमता र भविष्य शान्ति, सुरक्षामा भन्दा पनि राजनीतिमा देखियो, पार्टी सदस्यता भरेर एमालेबाट चुनाव लड्न सुझाव दिएका छौ । रुकुममा हामीले एमाले-कांग्रेस मिल्दा पनि हराएका हौँ ।’

त्यस्तै अखिल (क्रान्तिकारी) का पुर्व उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय प्रतिनिधि केशव रावलले डिएसपी खरेल सत्ता, भत्ता, झण्डा र गुण्डाको आडमा मैमत्त भएको बताएका छन् । रावलले सामाजिक संजाल फेसबुक मार्फत चेतावनी दिंदै खरेललाई भनेका छन्, ‘हामी जनसत्ता चलाएर आएका हौँ !”

हेर्नुहोस विज्ञप्ति :



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत