अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला समितिको १७ औँ सम्मेलन सम्पन्न भएको छ। सम्मेलन नेत्रबहादुर गौतम (नारायण) को सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष दीपक केसीले संगठन स्थापनाकालदेखि अहिलेसम्म हासिल गरिएका उपलब्धिहरू प्रस्तुत गर्दै श्रमिकहरूको हकहित सुनिश्चित गर्न संगठन अझ सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए।
त्यस्तै अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगतबहादुर सिम्खडाले यातायात मजदुरहरूको हकहित, अधिकार संरक्षण, र संगठनको ऐतिहासिक भूमिकाबारे प्रकाश पार्दै श्रमिक अधिकार सुनिश्चित गर्न निरन्तर संघर्ष जारी राख्नुपर्नेमा जोड दिए।
महासचिव शरद सुवेदीले अनिवार्य सामाजिक सुरक्षा लागू गर्नुपर्ने आवश्यकता बारे जोड दिए भने ट्रेड युनियन महासङ्घका उपमहासचिव रामचन्द्र कार्कीले श्रमिक सुरक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा विशेष ध्यान दिनुपर्ने कुरा उल्लेख गरे।
सम्मेलनले श्रमिक पक्षीय सवारी तथा यातायात ऐन निर्माण, सामाजिक सुरक्षा कार्यान्वयनको लागि ठोस पहल, मर्यादित श्रम सुनिश्चित गर्न राष्ट्रिय अभियान सञ्चालन, यातायात मजदुरहरूको अधिकार सुनिश्चित गर्न रणनीतिक योजना अघि बढाउने लगायतका निर्णय गरेको छ ।
व्यवसायी संगठनका प्रतिनिधिहरूले पनि मजदुर संगठनसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। यसै क्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका उपाध्यक्ष सुजन गौतमले संगठन परित्याग गर्दै अखिल नेपाल यातायात मजदुर सङ्घमा प्रवेश गर्ने घोषणा गरे ।
सम्मेलनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ, जसमा :
अध्यक्ष – केदार चौलागाईं
उपाध्यक्षहरू – नबिना खड्का, युबराज श्रेष्ठ, सुजन गौतम
सचिव – सबिन चौलागाईं
सह-सचिवहरू – राजेश श्रेष्ठ, टीका श्रेष्ठ, तेज बहादुर श्रेष्ठ
कोषाध्यक्ष – प्रेम बहादुर मोक्तान
सह-कोषाध्यक्ष – पदम खत्री (साने)
सदस्यहरू:
दिल बहादुर कायस्थ (माईला)
केशब खत्री
प्रकाश रोका
बिष्णु बी.सी.
सुन बहादुर गदाल
नारायण सुनार
प्रदीप चौलागाईं
बिष्णु सिवाकोटी
सल्लाहकार समिति:
छत्र ब. चौलागाईं
उद्वब प्र. गौतम
नारायण खड्का
रामशरण तिमल्सिना
नेत्र प्रसाद गौतम (नारायण)
बिशाल गिरी
दिपक राज कार्की
भिम बहादुर श्रेष्ठ
अर्जुन श्रेष्ठ
टक्कर चौलागाईं
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ