बिहिबार, बैशाख ११, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • डा. युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप (विज्ञप्तिसहित)

डा. युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप (विज्ञप्तिसहित)


गणेश विक


‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक डा. युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ ।

एक विद्यार्थीले इन्स्टाग्राममा संग्रौलाले छात्राहरूसँग आपत्तिजनक टिप्पणी गर्ने, ब्याक मसाज गर्न बाध्य पार्ने र महिलाबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको आरोप लगाएकी हुन् ।

उनले संग्रौलाले यौनिक तथा अल्पसंख्यक समुदायको समर्थन गर्ने विद्यार्थीलाई निष्काशनको धम्की दिने गरेको समेत दाबी गरेकी छन्।

छ वर्षअघि पनि संग्रौलाविरुद्ध यस्तै आरोप लागेको थियो ।

विद्यार्थीहरूले कलेज प्रशासनलाई उजुरी दिए पनि सुनुवाइ नभएपछि सामाजिक सञ्जालमार्फत कुरा बाहिर ल्याएको बताएका छन् ।

यो प्रकरण सार्वजनिक भएपछि काठमाडौँ स्कुल अफ ल ले विज्ञप्ति जारी गर्दै छानबिन अघि बढाउने बताएको छ ।

विज्ञप्तिमा  निवेदकले कलेजमा पेश गरेको निवेदन सामाजिक सञ्जालमार्फत सार्बजनिक गरेकाले निजलाई समितिमा उपस्थित भएर उजुरीको कारवाही र किनारा लगाउन सहयोग गर्न पत्राचार गरेको उल्लेख छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत