सोमवार, बैशाख ९, २०८२

त्रिचन्द्र कलेजमा स्ववियु अध्यक्षका उम्मेदवारले मध्यरातमा लगाए ताला


गणेश विक


काठमाडौँ । त्रिचन्द्र कलेजमा मध्यरातमा तालाबन्दी गरिएको छ।

आसन्न स्ववियु निर्वाचनको मुखमा हिजो मध्यरातमा स्ववियु अध्यक्षका उम्मेदवारले नै ताला लगाएका हुन् ।

त्यसरी तालाबन्दी गर्नेहरूमा नेविसंघबाट उम्मेदवारी दिएका तर खारेजी भएपछि स्वतन्त्र उम्मेदवारी दिएका श्रीधर श्रेष्ठ र नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका विवेक बानियाँ रहेका छन्।

उनीहरू दुवै जना पूर्व नेविसंघकर्मी हुन्। नेविसंघमा असन्तुष्टि भएपछि बानियाँले नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघ दर्ता गराएर उम्मेदवारी दिएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत