बगदाद । इराकी प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले सैन्य कारबाहीमा इराक र सिरियामा इस्लामिक स्टेट (आईएस) का एक वरिष्ठ नेता मारिएको दाबी गरेका छन्।
इराकी राष्ट्रिय गुप्तचर सेवाले अमेरिकी नेतृत्वको गठबन्धन सेनासँगको सहकार्यमा यो अपरेसन गरेको थियो।
सुदानीका अनुसार अब्दुल्लाह मक्की मुसलिह अल-रिफालाई इराक र विश्वको सबैभन्दा खतरनाक आतंककारीहरू मध्ये एक मानिन्थ्यो। उनलाई अबु खादिजा पनि भनिन्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना निडर योद्धाहरूले उनीहरूलाई अथक रूपमा पछ्याएको जिकिर गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ