राजेन्द्र महतो, सिरहा। सिरहाको लहान स्थित जे एस मुरारका बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनहरूले संयुक्त रूपमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।
क्याम्पस प्रमुख सञ्जय चौधरीले विद्यार्थी संगठनका उम्मेदवारहरूलाई मनोनयन पत्र वितरण नगरेको आरोप लगाउँदै समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल क्रान्तिकारी र अनेरास्ववियु एस ले क्याम्पस निर्वाचन कार्यालय तथा प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
विद्यार्थी संगठनहरूले क्याम्पस प्रशासनमाथि पूर्वाग्रही निर्णय लिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार, क्याम्पस प्रमुखले मनोमानी ढंगले काम गर्दै निष्पक्ष निर्वाचन हुन नदिने प्रयास गरिरहेका छन्।
संयुक्त विद्यार्थी संगठनका प्रतिनिधिहरूले विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने कार्य स्वीकार्य छैन, जबसम्म निष्पक्ष निर्वाचन सुनिश्चित गरिँदैन, तबसम्म हाम्रो संघर्ष जारी रहने बताएका छन्।
तालाबन्दीका कारण क्याम्पसका नियमित प्रशासनिक कार्य ठप्प भएका छन् भने विद्यार्थीहरू अन्योलमा परेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ