सोमवार, बैशाख ९, २०८२

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


कान्तिपथ


आज प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै पौडेलले नै ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गर्नेछन् । त्यस्तै उनले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत