सोमवार, बैशाख ९, २०८२

ट्रम्पले भुटानसहित ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउदै


गणेश विक


काठमाडौँ । अमेरिकाको ट्रम्प प्रशासनले दर्जनौं देशका नागरिकहरूका लागि यात्रा प्रतिबन्ध जारी गर्ने तयारी गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भुटानसहित ४१ देशलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । ती देशहरूलाई तीन समूहमा विभाजन गरिएको छ । जसमा पहिलो समूहमा दश देशहरू समावेश छन् । यसमा अफगानिस्तान, इरान, सिरिया, क्युबा र उत्तर कोरिया र अन्य देशहरू समावेश छन् । उनीहरूको भिसामा पूर्ण प्रतिबन्ध लगाउने बताइएको छ ।

त्यस्तै दोस्रो समूहमा पाँच देशका नामहरू छन् । यसमा इरिट्रिया, हैटी, लाओस, म्यानमार र दक्षिण सुडान समावेश छन् । यी देशहरूलाई आंशिक निलम्बन लगाइने छ, जसले पर्यटक र विद्यार्थी भिसाका साथै आप्रवासी भिसालाई पनि असर गर्नेछ ।

त्यसैगरी तेस्रो समूहमा कुल २६ देशहरू समावेश छन् । यसमा बेलारुस, पाकिस्तान, तुर्कमेनिस्तान जस्ता देशहरू समावेश छन् । यदि यी देशका सरकारहरूले ‘६० दिन भित्र कमजोरीहरूलाई सम्बोधन गर्न प्रयास गरेनन्’ भने, ती देशहरूलाई भिसा जारी गर्न आंशिक प्रतिबन्ध लगाउने बताइएको छ ।

ट्रम्प प्रशासनका अधिकारीलाई उदृत गर्दै यो सूचीमा परिवर्तन हुन सक्ने र यसलाई अमेरिकी प्रशासन र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पारित गर्न बाँकी रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत