सोमवार, बैशाख ९, २०८२

संगीतकार एआर रहमान अस्पताल भर्ना


गणेश विक


काठमाडौँ । बलिवुडका चर्चित संगीतकार एआर रहमान अस्पताल भर्ना भएका छन् ।

भारतीय मिडियाहरुक अनुसार रहमानलाई आइतबार बिहान चेन्नईस्थित अस्पताल भर्ना गरिएको छ । 

छातीमा दुखाइ महसुसपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । हिन्दुस्तान टाइम्सका अनुसार रहमानको ईसीजी र इकोकार्डियोग्रामसहित परीक्षणपछि उनको मुटुमा समस्या देखिएको र एन्जियोग्राम हुन सक्ने उल्लेख छ ।

गत महिना, एआर रहमानले चेन्नईमा कन्सर्टमा एड शीरनसँग प्रस्तुति दिएका रहमान हालै फिल्म चावाको संगीत लन्चमा पनि देखिएका थिए ।

यसअघि रहमानकी पूर्व पत्नी सायरा बानोलाई पनि मेडिकल इमर्जेन्सीका कारण अस्पतालमा भर्ना गरिएको थियो र उनको शल्यक्रिया गर्नुपरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत