शनिबार, बैशाख १३, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • बानेश्वर क्याम्पस : ‘अनेरास्ववियू’बाट स्ववियु सभापतिको उम्मेदवारमा प्रमिला लामा

बानेश्वर क्याम्पस : ‘अनेरास्ववियू’बाट स्ववियु सभापतिको उम्मेदवारमा प्रमिला लामा


गणेश विक


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूबाट बानेश्वर बहुमुखी क्याम्पस स्ववियु सभापतिकी उम्मेदवार प्रमिला लामा बनेकी छिन् ।

लामाले विद्यार्थीहरुलाई सेवा गर्ने मौका गुमाउन हुँदैन भनेर आफूले उम्मेदवारी दिएको बताईन् । विगतमा पनि आफूले विद्यार्थीको हक र हितको पक्षमा आवाज उठाइरहेको बताउँदै उनले आगामी दिनमा अझै राम्रो काम गरेर क्याम्पसको शैक्षिक वातावरणलाई राम्रो बनाउन आफ्नो प्यानललाई जिताउन उनले आग्रह समेत गरेकी छिन् ।

सो सङ्गठनको तर्फबाट स्ववियु सचिवमा अभिशेक सिंह र कोषाध्यक्षमा कुमार रोक्काले उम्मेदवारी दिएका हुन् ।

यसै गरी समानुपातिक सदस्यमा इसारा राई, विक्रम सिंह कुडमाल, सुस्मा लामा, कपिलराज गिरी, अर्जुन डाँगी, पारस बहादुर नेपाली, रमेश विक्रम सिंह, सबिना राई रहेका छन् ।

साथै प्रत्यक्ष सदस्यमा अरविन्द माझी, पुजा माया बल, हेम प्रसाद भट्टराई, हिरा खड्का (नमूना), सुदिप जिम्बा, सुधिर प्रधान, प्राप्ती खरेल रहेकी छिन् ।

बानेश्वर बहुमुखी क्याम्पस स्ववियु सभापतिको उम्मेदवारमा एक मात्रै महिला प्रमिला लामा ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत