बिहिबार, बैशाख ११, २०८२

५ सय केजीभन्दा बढी गाँजा बरामद


गणेश विक


काठमाडौं । लागुऔषध नियन्त्रण व्यूरो शाखा बर्दिवासले ५ सय केजी भन्दा बढी गाँजा नियन्त्रणमा लिएको छ ।

सिन्धुली हुँदै बर्दिवास तर्फ आउदै गरेको बा ३ ख ५८३२ नंम्बरको भ्यानभित्र राखेको ५४७ केजी गाँजा बर्दिवासस्थित गौरिडाँडावाट बरामद गरेको हो ।

बिशेष सुचनाको आधारमा व्युरो शाखाले उक्त भ्यानमा खोजतलास गर्दा ठुलो मात्रामा गाँजा फेला पारेको लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दिवासका प्रमुख सरोज कुमार अधिकारीले जानकारी दिए ।

प्रमुख अधिकारीका अनुसार भ्यान चालक सलिन मगरलाई पक्राउ गरिएको छ । सिन्धुपाल्चोक ठुलो भन्ज्याङ घर भएका मगरलाई नियन्त्रण लिएर अहिले ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको प्रहरीले जनाएको छ ।

गत १७ गते पनि बर्दिवासवाट खटिएको व्युरो टोलीले झन्डै सय केजी खैरो हिरोईन पक्राउ गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत