सोमवार, बैशाख ९, २०८२

प्रहरीका ९ उच्च अधिकारी आजबाट घरमै !


कान्तिपथ


नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसहित ९ जना उच्च अधिकारीहरु आज राति १२ बजेदेखि अवकास हुने भएका छन्।

कुँवर २०७९ चैत १० गते प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए। उनकै ब्याची अतिरिक्त महानिरीक्षक ९एआईजी० प्रशासन विभाग प्रमुख टेकप्रसाद राई, कार्य विभाग प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह, अपराध अनुसन्धान विभाग प्रमुख कुबेर कडायत र प्रदेश समन्वय विभाग प्रमुख जनकराज भट्टराई रहेका छन्।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) भोलाबहादुर रावल, ध्रुवबहादुर राउत र गणेश चन्द पनि अवकास हुनेछन्। उनीहरु प्रहरीको विधमान ३० वर्षे सेवा अवधिका कारण अवकास हुन लागेका हुन्। कुँवरसहितका यी अधिकारीहरु २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए।

कुँवरसहितका उच्च अधिकारीहरु अवकास भएसँगै अब प्रहरीमा उनीहरुकै वैकल्पिक टोलीले कमाण्ड गर्ने भएको छ। २०५२ भदौ १९ गते निरीक्षकमा भर्ना भएका तीन एआईजी मध्य एक जना आजै आईजीपी बन्नेछन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआई)का निर्देशक एआईजी दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ मध्येबाट सरकारले आईजीपी बनाउनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत