सोमवार, बैशाख ९, २०८२

म्यानचेस्टर युनाइटेडले लिसेस्टर सिटीलाई पराजित गर्‍यो


कान्तिपथ


इङ्लिस प्रिमियर लिगमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ । गए राति भएको खेलमा आर्सनलले चेल्सिविरुद्ध १-० को जित निकाल्यो । २०औँ मिनेटमा आर्सनलका मिकेल मेरिनोले गरेको गोल निर्णायक बन्दा आर्सनल विजयी भएको हो ।

त्यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लिसेस्टर सिटीलाई ३-० ले पराजित गर्‍यो । म्यानचेस्टर युनाइटेडको जितमा रासमस होजुन्डले २८औँ, एलेजान्द्रो गरान्चोले ६७औँ र ब्रुनो फनर्डान्डेजले ९०औँ मिनेटमा गोल गरे ।

लिगअन्तर्गत फुलहामले टोटनहामलाई २-० ले पराजित गर्‍यो । फुलहामका लागि ७८औँ मिनेटमा रोड्रिगो मुनिज र ८८औँ मिनेटमा रियान सेसेगननले गोल गरे ।

अंकतालिकामा भने लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानमा आर्सनल रहँदा नोटम फरेस्ट तेस्रो स्थानमा छ । चेल्सी र म्यानचेस्टर सिटी भने क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत