शुक्रबार, बैशाख ६, २०८२

अस्पताल भर्ना भएको ३१ दिनपछि पोपको तस्वीर सार्बजनिक


गणेश विक


काठमाडौँ । गत फेब्रुअरी १४ मा अस्पताल भर्ना भएका पोप फ्रान्सिसको पहिलो पटक तस्बीर सार्बजनिक गरिएको छ ।

भ्याटिकनले आइतबार राति अस्पतालबाट पोप फ्रान्सिसको तस्बिर जारी गरेको हो । यस तस्विरमा पोप रोमको जेमेली अस्पतालको एक निजी चैपलमा ह्वीलचेयरमा बसिरहेको देखिन्छ । भ्याटिकनका अनुसार पोपले आइतबार पनि थोरै काम गरेका थिए ।

पोप अस्पताल भर्ना भएको आइतबार ३१ दिन पुरा भएको छ । फेब्रुअरी १४ मा अस्पताल भर्ना भएपछि यो उनको पहिलो तस्बिर हो । ८८ वर्षीय पोप निमोनियाबाट पिडित छन् । उनको स्वास्थ्यमा अहिले सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत