राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने आजको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
राजा फर्काउन भन्दै वर्तमान व्यवस्था विरोधी दल तथा समूहका व्यक्तिहरूले पूर्वपञ्च नवराज सुवेदीलाई अघि सारेर सोमबार ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा गरेको सन्दर्भमा यसबारे बैठकमा छलफल हुने एक नेताले बताए ।
सो समितिको निर्देशक समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि राखिएको छ । तर, लिङ्देनले सल्लाहबिनै समिति भएकाले आफू नरहेको बताइसकेका छन् ।
राप्रपाकै पशुपति शमशेर राणा, डा प्रकाश चन्द्र लोहनी, रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायतका नेताहरू समितिमा रहेको र उनीहरुले समितिलाई पनि स्वीकारिसकेकाले राप्रपाभित्र तरंग उत्पन्न भएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ