नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावले आफूहरूको पक्षमा लहर देखाएको टिप्पणी गरेका छन् ।
‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ,’ प्रचण्डले भनेका छन् ।
उतले स्ववियुको चुनावमा अखिल क्रान्तिकारीले थुप्रै क्याम्पसहरूमा सत्ता गठबन्धनलाई पनि पराजित गरेको उल्लेख गरेका छन् । यसले भ्रष्टाचार र बेथितिका विरुद्धको अभियानमा सचेत एवं बौद्धिक वर्ग साथमा रहेको पुष्टि भएको उनको टिप्पणी छ ।
‘कयौँ क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ,’ प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘विजयी सबै विद्यार्थी साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ