आइतवार, बैशाख ८, २०८२

पुर्वकै ठुलो क्याम्पसमा अखिल (क्रान्तिकारी) विजयी


कान्तिपथ


त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा अखिल क्रान्तिकारीले मोरङका प्रमुख तीन वटा क्याम्पसमा जित निकालेको छ ।

मोरङका तीन प्रमुख क्याम्पसमा डिग्री क्याम्पस, महेन्द्र मोरङ र विराटनगर नर्सिङ क्याम्पसको स्ववियु अखिल क्रान्तिकारीले जितेको हो ।

डिग्री क्याम्पस र नर्सिङ क्याम्पसको नतिजा पहिला नै आइसकेको थियो । आज बिहान मात्रै आएको महेन्द्र मोरङ क्याम्पसमा पनि क्रान्तिकारीले जितेको हो । क्रान्तिकारीका उम्मेदवार रोहित यादव निर्वाचित भएका छन् ।

नेविसंघ र अनेरास्ववियुका उम्मेदारलाई पराजित गर्दै क्रान्तिकारीका यादव निर्वाचित भएपछि विराटनगरमा क्रान्तिकारीले क्लिनस्विप गरेको क्रान्तिकारीले दाबी गरेको छ । यादवले १११८ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेविसंघका प्रज्वलजंग विष्टले १०७५ मत पाएका थिए। तेस्रो भएका अखिलका अनिश बोगटीले भने २३२ मत मात्रै पाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत