बिहिबार, बैशाख ११, २०८२

सामाजिक सञ्जालवाट महिलाको चरित्र हत्या गर्ने पक्राउ


गणेश विक


चैत सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु रायलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

फेसबुकमा साथी बनी सम्बन्धमा समेत रहेर भेटघाटका क्रममा भएका अन्तरङ्ग सम्बन्धका क्रियाकलापहरू रायले गोप्य रूपमा रेकर्ड गरी राखेको र आपसमा मनमुटाउ भए पश्चात पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत