सोमवार, बैशाख ९, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • ‘एसईई’ परिक्षा देशभर शान्तिपुर्ण रूपमा जारी, ४८ कैदी बन्दी पनि सहभागी

‘एसईई’ परिक्षा देशभर शान्तिपुर्ण रूपमा जारी, ४८ कैदी बन्दी पनि सहभागी


गणेश विक


काठमाडौं । नेपालको विद्यालय शिक्षा परीक्षा ‘एसईई’मा शान्तिपुर्ण रूपमा जारी रहेको छ ।

देशैभरीका २०७९ परिक्षा केन्द्रमा परिक्षा शान्तिपुर्ण रूपमा जारी रहेको हो । बिहान ८ः०० बजे देखी सुरू भएको परिक्षा ११ः०० बजे सकिनेछ ।

आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ भने आजै संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि भइरहेको छ ।

केन्द्रका अनुसार यो वर्ष विभिन्न बाल सुधारगृह र कारागारबाट ४८ जनाले एसईई परीक्षा दिन लागेका छन्। जसअनुसार भक्तपुरको सानो ठिमीमा रहेको बाल सुधार गृहबाट २७ जना, सुन्धारास्थित केन्द्रीय कारागारबाट १९ जना, दैलेखको बाल सुधारगृहबाट ६ जना तथा धुलिखेल र दाङबाट १–१ जना गरी ४८ जनाले थुनाबाट परीक्षा दिँदै छन्।

परीक्षा बोर्डका अनुसार यो पटक मनाङमा जम्मा ४६ जनाले मात्रै एसईई परीक्षा दिँदै छन् भने सबैभन्दा बढी काठमाडौंवाट ३९ हजार बढीले परिक्षा दिइरहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत