शनिबार, बैशाख १३, २०८२

१२ दिनपछि आज फर्किंदै परराष्ट्रमन्त्री आरजु राणा


कान्तिपथ


गत फागुन २६ देखि भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज (चैत ८ गते) स्वदेश फर्कने भएकी छन्।

भारतको राजधानी दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी आज दिउँसो १२ बजे (भारतीय समय) काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ।

धार्मिक भ्रमणका सिलसिलामा फागुन २६ गते भारत प्रस्थान गरेकी परराष्ट्रमन्त्री राणा भारतीय विदेश मन्त्रालयले चैत ४ देखि नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रममा सहभागी भएकी थिइन्।

त्यस क्रममा उनले चैत ५ गते भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेकी थिइन्। भेटका क्रममा भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकतामा राखेको कुरा विदेशमन्त्री जयशंकरसँग राखेको उनले बताएकी थिइन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत