आइतवार, बैशाख ८, २०८२

सेटिङ हान्न खोज्ने गिरि घुससहित च्याप्पै !


कान्तिपथ


पोखरा महानगरपालिकाका एक जना अधिकृत घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरका अधिकृत कपिल गिरीलाई घुस रकमसहित पक्राउ गरेको हो।

२५ हजार रुपैयाँ घुस रकम लिँदै गर्दा पक्राउ गरेको अख्तियार पोखराका प्रमुख अस्मान तामाङले जानकारी दिए। ‘पोखरा महानगरपालिकाको गेटैबाट पक्राउ गरिएको हो’, पुष्टि गर्दै तामाङले भने, ‘अनुसन्धानको पक्रिया आजैबाट अगाडि बढेको छ।’ गिरी पोखरा महानगरपालिका विरुद्ध अख्तियारमा परेको उजुरी फर्छयौट समन्वय अधिकृतको जिम्मेवारीमा थिए।

अख्तियारमा तपाईंविरुद्ध उजुरी परेको छ म मिलाइदिन्छु भनेर उनले रकम लिदै गर्दा पक्राउ परेका हुन्। अधिकृत गिरीले एक लाख रुपैयाँ माग गरेकोमा २५ हजार रुपैयाँ घुस लिँदै थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत