शनिबार, कार्तिक २९, २०८२

घर प्रकरण : सिराहाका सीडीओ मन्त्रालय तानिए


गणेश विक


काठमाडाैं । दलितको घर खाली गरेको प्रकरणलाई लिएर सिरहाका प्रमुख जिल्ला अधिकारीको सरूवा भएको छ ।

सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई सिरहावाट गृह मन्त्रालय, काठमाडौंमा तानिएको छ ।

गृह मन्त्रालयका अनुसार उनको स्थानमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको छ ।

महायज्ञ गर्न दलित परिवारलाई हटाएको समाचार बाहिरिए पछि उनी बिबादमा परेका थिए ।

सोही घटनाले संसददेखी मिडियासम्म लामो बहस भएको भोलीपल्ट सो बिषयमा सत्य तथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेको उनको सचिवालयले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत