काठमाडौं । प्रेस चौतारीका अध्यक्षका दावेदार गणेश पाण्डेले राजिनामा दिएका छन् ।
नेकपा एमाले पार्टी प्रचार बिभाग सचिवमा गत साता मात्रै नियुक्त भएका पाण्डेले राजिनामा दिएका हुन् । एमालेको ४५ औं सचिवालय स बैठकले उनलाइ प्रचार बिभाग सचिवमा नियुक्त गरेको थियो ।
‘प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेसनमा अध्यक्ष पदको दावेदार रहेका कारणा दोहोरो जिम्मेवारीमा नरहने मनशायका साथ मैले बिभागको सचिवपदवाट राजिनामा दिने निर्णय गरेको छ,’ उनले राजिनामा पत्रमा लेखेका छन् ।
एमाले स्रोतका अनुसार बिहीबार बेलुका नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई चौतारीको अध्यक्ष बनाउने आवश्वासन दिएका छन् । चुनावबाट भन्दा पनि निर्विरोध अध्यक्ष बन्ने आश्वासन पाएपछि उनले आज प्रचार विभागको सचिवबाट राजीनामा दिएको स्रोतले बताएको छ ।
शुक्रबार नै प्रेस चौतारी नेपालको अध्यक्ष पदमा राजेश राईले पनि उम्मेदवारी घोषणा गरेका छन् । राई हाल संगठनका उपाध्यक्ष रहेका छन् । राई र पाण्डे अघिल्लो राष्ट्रिय सम्मेलनमा पनि अध्यक्ष पदका आकांक्षी रहेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ