बिहिबार, बैशाख ११, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • दलितको घर भत्काएर उठीबास लगाउने गाउँपालिका अध्यक्ष र वडाध्यक्ष पक्राउ

दलितको घर भत्काएर उठीबास लगाउने गाउँपालिका अध्यक्ष र वडाध्यक्ष पक्राउ


गणेश विक


काठमाडौं । सिराहाको औरही गाउँपालिका–५ मा दीपक मरिक डोमको घर भत्काएको अभियोगमा प्रहरीले गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई पक्राउ गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी लालमणि आचार्यका अनुसार उनीहरूलाई पक्राउ गरेको जनाएको  हो ।

अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखिएको छ ।


पीडितबाट जाहेरी आए उनीहरूलाई सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाइने डीआईजीले बताए ।

गुण्डागर्दी शैलीमा चैत १७ गतेबाट हुने विष्णु महायज्ञको लागि दीपक मरिक (डोम)को घर गत फागुन १० गते भत्काएकाे थियाे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत