शुक्रबार, बैशाख ६, २०८२

वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत रहेनन्


गणेश विक


भक्तपुर । वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको आज निधन भएको छ । 

 आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको परिवारजनले जनाएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो ।

 उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको जनाइएको छ ।

 पुर्नजागरण साप्ताहिकका संस्थापक सम्पादक बस्नेत रासस र गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष समेत हुन्।

गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा सक्रिए रहेका उनी हाल गणेशमान सिंह स्मृति बाटिकाका समेत अध्यक्षको जिम्मेवारीमा पनि रहेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत