शुक्रबार, बैशाख ६, २०८२

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


गणेश विक


काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन ।

प्रहरीका अनुसार  सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भई काठमाडौं बुढानिकलण्ठ नगरपालिका–९ बस्ने ५१ वर्षीय प्रकाशबहादुर सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

सिंहले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुढानिकलण्ठ नगरपालिका–६ सरस्वती कोलोनीबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत