शुक्रबार, बैशाख ६, २०८२

नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक आज पनि


गणेश विक


काठमाडौ । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ।

प्रथम महाधिवेशन सम्पन्न भएपछि हिजोबाट सुरू भएको पहिलो केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको हो ।

मध्यबानेश्वरस्थित सनराइज क्याफेमा बसिरहेको बैठकमा संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले समसमायिक राजनीतिक बिषय र अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दीका बारेमा धारणा राख्दै सम्बोधन गरेका थिए ।

बैठकमा पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको छ ।

साथै, पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उपप्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरूपनि केन्द्रीय समिति बैठकमा बस्नेछन् ।
आज केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि जवाफ दिएर बैठक आजै सकाउने तयारी रहेको छ ।

उन्मुक्तिको पहिलो महाधिवेशन गत वर्ष पुस २६–२८गतेसम्म कैलालीको टिकापुरमा सम्पन्न भएको थियो । पहिलो महाधिवेशनले रेशम चौधरीको अध्यक्षतामा केन्द्रीय समिति गठन गरे पनि अदालतको आदेशका कारण उनी पद मुक्त हुनु परेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत