शुक्रबार, बैशाख ६, २०८२

नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ


गणेश विक


सिराहा । सिरहामा एकजना लागुऔषधसहित पक्राउ परेका छन् ।

 लहान नगरपालिका–१ लोकतन्त्र चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ९८ एम्पुल, प्रोमेथाजाइन १ सय ९८ एम्पुल र बुप्रेनोर्फिन १ सय ९८ एम्पुल सहित सोही नगरपालिका-६ कुम्हाल टोल बस्ने ५२ वर्षीय जुक्ती लाल पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

 इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत