शनिबार, बैशाख १३, २०८२

प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा


गणेश विक


चितवन । खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् ।

गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताए ।

छावाको नामकरण बाह्रौँ दिनमा गरिने जानकारी दिँदै उनले केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती रहेको बताए ।

हाल प्रजनन केन्द्रमा नौ वटा ढोइ छन् भने १० वटा छावा छन् ।

तीमध्ये छ वटाले तालिम पाइसकेका छन् ।

तालिम लिएका चार भाले र दुई पोथी हुन् ।

चार वटा बच्चामध्ये एउटा पोथी हो भने अरू भाले हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत