सोमवार, बैशाख ९, २०८२

कांग्रेस बैठक बस्दै, ज्ञानेन्द्रका गतिविधि बारे छलफल हुने


कान्तिपथ


प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरि कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो।

बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले जानकारी दिइन्। कांग्रेसको आजको बैठकमा पछिल्लो समय बढ्दै गएको राजावादीहरुको सक्रियताबारे पनि छलफल हुनेछ।

यही चैत ५ गते पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो। पछिल्लो समय राजावादीको प्रदर्शनबाट दलहरू सशंकित छन्। प्रतिपक्षी दलहरुले त राजावादीविरुद्ध विरोध प्रदर्शनकै तयारी गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत